सुदूरपश्चिममा २२ वर्षयताकै भारी हिमपात



दयाराम पण्डित, बाजुरा ।
सुदूरपश्चिम प्रदेश र कर्णालीप्रदेशकाहिमाली भेगमा २२ वर्षपछिको भारीहिमपात भएको छ । एक साता यता निरन्तर हिमपात हुँदा जनजीवन कठ्याङग्रीदै गएको छ । बाजुराको उत्तर पुर्बी क्षेत्र प्रदेश क्षेत्र “क ”बाट प्रदेश क्षेत्र “ख”मा आउने एक मात्र नाका पोरखे लेकमा एक सातयाता भईरहेको निरन्तर हिम्पातकै कारण बाजुराको चार स्थानीय तहका बासिन्दालगायत छिमेकी जिल्ला हुम्ला , मुगु र कालिकोटका नागरिकलाई आवागमन प्रभावित भएको छ । पोरखेमा सात फिट भन्दा बढी हिम्पात भएपछि आवागमन ठप्प भएको हो । कुण्डा क्षेत्रबाट आउने जीप तथा ट्याकटर पाण्डुसैनमा थन्कीएका छन् । हिमाली गाउँपालिकामा सात दिनदेखि निरन्तर हिम्पात हुँदा एक दर्जन वढी भेडाबाख्रा मरेका छन् भने मानिसलाई घरवाहिर निस्कन नसक्ने अवस्था रहेको लाम्पाटाका लालु गुरुङ्गले जानकारी दिनुभयो ।
बिगत वर्षमा थोरै थोरै हिउँ आउने गरेको थियो, यो बर्षमा भने धेरै हिमँपात भएको जगननाथ गाउँपालिका डाँडावाडाका रामवहादुर विष्टले वताएका छन् ।
पहिले हिउँ आएपनि एक सातामा बिलाउने गरेको थियो, तर यो बर्ष भने एक डेढ महिना देखीहिउँ परिरहेको स्थानियले वताएका छन् । पटक पटक हिउँ परिरहेको छ, बाटोहरु अहिलेसम्म अलपत्र रहेको जगन्नाथ गाँउपालिका डिम्मर गाउँका गोकर्ण विष्टले बताउनु भयो ।
गत मंसिर अन्तिम सातादेखि पटक पटक हिमपात भएपछि अत्याधिक चिसोले दैनिक जीवन अत्यन्त प्रभाबित भएको छ । एक ठाँउबाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुनुका साथै टेलिफोन सम्पर्क सम्पर्क बिच्छेद बनेका छन् ।
निरन्तरको हिम्पातका कारण नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवासमेत अनियमित भइहरेको छ । स्थानिय सडक यातायात पनि १ महिनादेखी अबरुद्ध रहेका छन् । हिमाली र पहाडी भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी—कोल्टी सडक एक महिनादेिखी अबरुद्ध छ । स्थल र हवाइमार्ग सबै बन्द हुँदा दैनिक उपभोग्य सामानको समस्या आएको बुढीनन्दा नगरपालिका वडा नं ४ का रामबहादुर बोहराले बताउनु भएको छ ।

चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशितिर झरेको छन् । हिमाली भेगका बिद्यालय पुर्णरुपमा बन्द भएका छन् । जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले वताउनुभयाे । एक त बिद्यालयमा विद्यार्थीमैत्री भौतिक पुर्वाधार नहुँदा यस्तो चिसोमा निकै समस्या भएको उहाँले बताउनुभयो । बाजुुरा जिल्लाभर भारी हिम्पात भैरहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताउनु भएको छ । सनिवार दिनभर भएको वर्षासंगै खप्तड क्षेडेदहगाउँपालिकामा असिनापानीले हिउँदेवाली क्षेती भएको प्रनाउ भट्टराईले जानकारी दिनु भएको छ ।
बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजीवन प्रभाबित भएको छ । बझाङ्गको खप्तड छान्ना गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्