हरिणको सिंङ जस्तो देखिने बस्तुसहित पक्राउ


काठमाडौं ।
काठमाडौं महानगरपालिका–३२ जडीबुडीस्थित सडकबाट एक जोडी हरिणको सिंङ जस्तो देखिने बस्तुसहित ललितपुर च्यासल बस्ने रामेछाप खाडादेवी गाउँपालिका–३ घर भएका २१ वर्षीय आयुष राना मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त बस्तु फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।