न्युज अफ नेपाल, हेटौंडा ।
काष्ठजन्य सामग्रीको व्यबसाय गर्ने व्यबसायीको छाता संगठन नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघकोे पाँचौं साधारणसभा तथा तेस्रो महाधिवेशनबाट हेटौंडेली व्यवसायी रामप्रसाद न्यौपाने अध्यक्षमा सर्वसम्मत् निर्वाचित हुनुभएको छ ।
चितवनको सौराहमा भएको महासंघकोे पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनबाट न्यौपानेको नेतृत्वमा २० सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो । महाधिवेशनले संंघ बरिष्ठ उपाध्यक्षमा सुजिल श्रेष्ठ, प्रथम उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सहदेव अर्याल र तृतीय उपाध्यक्षमा मथुराकुमार जोशी, महासचिवमा ओमबहादुर बस्नेत, कोषाध्यक्षमा हरिकुमार राजभण्डारी, सचिवमा राजकुमार दाहाल, सहकोषाध्यक्ष दिनेशकुमार अग्रवालसहित गरी ९ पदाधिकारी सर्वसम्मत् निर्वाचित गरेको छ ।
महासंघको ८ केन्द्रीय सदस्यमा हरिकुमार शर्मा, अशोक कुँवर, प्रेमबहादुर थापा, बद्रीप्रसाद हुमागार्इं, कृष्णप्रसाद अधिकारी, बीरञ्जना घिमिरे, खगेन्द्र खरेल निर्वाचित हुनुभएको छ ।
महासंघको आजीवन सदस्यमा ओमप्रसाद लोहिया, एसोसिएट सदस्यमा अजय घिराइया र खिलानाथ फुयाँल (नवीन) सर्वसम्मत् हुनुभएकोे छ । निर्वाचित भएपछि अध्यक्ष न्यौपानेले अभिमत र सदासयतालाई आत्मसात् गर्दै शाखा बिस्तार महासंघलाई देशभर पु¥याउने प्रतिवद्धता जनाउनुभयो । व्याबसायिक हितका लागि आफू सधैं प्रतिवद्ध रहने उहाँले बताउनुभयो ।
अध्यक्ष निर्वाचित न्यौपाने २०६१ सालबाट फर्निचर तथा फर्निसिङ व्यबसायमा प्रवेश गर्नुभएको हो । जिल्ला संघ मकवानपुरको सस्थापक सचिव हुँदै जिल्ला अध्यक्ष हुनुभएका न्यौपानेले महासंघको पहिलो र दोस्रो महाधिवेशनबाट केन्द्रीय प्रथम र बरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
पुस ५ गते काठमाडौंमा भएको साधारणसभा र तेस्रो महाधिवेशनमा जिल्लाबाट महाधिवेशनका लागि आएका प्रतिनिधिकोे छनौट विधानविपरीत भएकोे भन्दै निर्वाचन प्रक्रिया रोकिएको थियो । महाधिवेशनमा देशका ३० जिल्लाका करिब २ सय प्रतिनिधिकोे सहभागिता थियोे ।











प्रतिक्रिया