१० वर्षीया छोरीको कोदालोले हानेर हत्या गर्ने बाबु १२ वर्षपछि पक्राउ


न्युज अफ नेपाल, रूपन्देही ।
कोदालोले हानेर बहिनीको हत्या गरी फरार भएका रूपन्देहीकाे मर्चवारी–६ का रामभवन बेल्दारलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । बुबा रामपतले छाेरासँग मिलेर १० वर्षीया बाेल्न नसक्ने छाेरीको हत्या गरेका थिए । कोदालो प्रयोग गरी हत्या गरिएकाे थियाे ।

छोरी बाेल्न नसक्ने भएको भन्दै उनीहरुले २०६४ साल माघ ८ गते निर्मम हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हाे । हत्यापछि उनीहरुले नेपाल–भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए । बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

हत्यापछि फरार बाबुछोरा भारतमा लुकिछिपि बस्दै आएका थिए । प्रहरीको विशेष शुराकिका आधारमा पक्राउ परेका रामभवनका बुबा रामपतको भने तीन वर्षअघि नै मृत्यु भइसकोको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।