न्युज अफ नेपाल, काठमाडौं ।
अन्नपूर्ण बेस क्याम्प नजिकै गएको हिम पहिरोमा परी कम्तिमा ७ जना पुरिएको बताइएको छ । पहिरोमा परी पुरिएका मध्ये कोरियाली पर्यटक र केही नेपाली नागरीक हुनसक्ने बताइएको छ ।
अत्यधिक हिमपातका कारण हेलिकोप्टर पठाउन नसक्ने अवस्था रहेकाले खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ । कति जना र कुन मुलुकका नागरी पुरीएको भन्ने कुरामा भने पुष्टि हुन सकेको छैन ।
पहिरो गएको ठाउँबाट नजिकै रहेको प्रहरी चौकी पुग्न पैदल हिँडेर २ दिन लाग्ने बताइएको छ ।
प्रतिक्रिया