न्युज अफ नेपाल, हेटौंडा ।
वर्षापछि गएको पहिरोका कारण हेटौँडा-काठमाण्डौँ सडकखण्ड अवरुद्ध भएको छ ।
बिहीबारदेखि लगातारको परेको वर्षापछि गएको पहिरोका कारण हेटौँडा- काठमाण्डौँ सडकखण्ड अवरुद्ध भएको हो । दक्षिणकाली मन्दिरनजिकै पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोले गर्दा द्वै तर्फबाट गइरहेका सवारी साधन बिच बाटोमै रोकिएका छन् ।
पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया