सन्राइज बैंकका ग्राहकलाई भ्याली एक्सप्रेसमा छुट

0
Shares

सन्राइज बैंकले भ्याली एक्सपे्रस (भीएफसी) रेष्टुरेन्ट सँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुट योजना ल्याएको छ।

यस योजनाअन्तर्गत सन्राइज बैंकका ग्राहकले आफे डेविट/ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाइल बैंकिङको प्रयोग गरी क्यु आर पेमेन्टमार्फत भ्याली एक्सपे्रस (भीएफसी) रेष्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन्।

उल्लेखित योजना अनुरुप सन्राइज बैंकका ग्राहकले माघ २ गतेदेखि दुई महिनासम्म भ्याली एक्सपे्रस (भीएफसी) रेष्टुरेन्ट का बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाबाट १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन्। १५२ एटीएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ।