पीएसजी विजयी

0
Shares

लन्डन, (एजेन्सी)।

फ्रेन्च लिग १ वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ।बुधबार भएको खेलमा पीएसजीले मोनाकोलाई ४–१ गोलअन्तरले हराएको हो।

पीएसजीलाई जित दिलाउन मोनाकोका पूर्व स्टार क्लियन एम्बाप्पेले दुई गोल गरेका थिए। त्यस्तै नेयमारले पेनाल्टीमा एक तथा पाब्लो सर्बियनले समान एक–एक गोल गरेका थिए।

मोनाकोका लागि टिमेउ बाकायोकाले एक गोल फर्काए पनि त्यो सान्त्वनामा सीमित बन्यो। जितसँगै २० खेलपछि शीर्षस्थानको पिएसजीको ४९ अंक पुगेको छ। यता पराजित मोनाको भने २९ अंकसहित नवौं स्थानमा छ।