गायक अमर रकको ‘बडा ब्यूटिफुल‘ गीत रिलिज


 

सुभेन्द्र दास, लहान ।

मधेश आन्दोलनपछि मधेशी सँस्कृतिमा क्रान्तिको तेजोत्सव जागेको छ । यसमा पनि गीतसँगीतले अग्रणी भूमिका खेल्दै आएको छ । जहाँ मधेश आन्दोलन अगाडि यहाँका प्रतिभावान कलाकारहरु गीतसँगीत रिलिज गर्न अन्यौलमा थियो । तर, यत्तिबेला दैनिकजसो मैथिली गीतसँगीत रिलिज हुँदै आएको छ । गाउँको खलिआनदेखि शहरबजारको डिजे, एफएम ,महोत्सव र स्टेजमा मैथिली गीतसँगीतको महौल बनेको छ । गायक अमर रकले प्रस्तुत गरेको अडिओभिडियोसहित ‘बडा ब्यूटिफुल’ को माघ १ गते गोलबजारमा रिलिजकार्यक्रममा यस्तो चर्चा चलेको छ ।
भारतको मुम्बईमा संघर्ष गरेर आफ्नै माटो पानीमा मौलिकता खोज्न अमर रकले पत्रकार सम्मेलन गरी ‘बडा ब्यूटिफुल’ गीति भिडियो सार्वजनिक गरेको छ । गायक रकले ‘हिन्दी नेपाली भोजपुरी गर्नु भन्दा आफ्नो मौलिकतालाई कसिलो बनाउँन मैथिली गीतको बजारिकरण गर्न आवश्यकता छ ।’ ‘यो नितान्त अलग गीतहो ’ ‘यसमा कुनै नक्कलवाजी नरहेको’ उनले दावी गरे ।
पूर्णरुपेन नयाँपन गीतमा तयार गरिएको ‘बडा ब्यूटिफुल’ भिडियो रिलिजसँगै यूटुव तथा समाजिक सँजालमा प्रसारणमा राखिएको छ । अडियोभिडियो निर्माणमा पाँच लाख पचास हजार खर्च गरिएको यसमा मोडल सुनिल क्षेत्री, गायक अमर रक र अन्जली अधिकारीलगायत ८३ कलाकारको समिश्रणमा भिडियो तयारी गरिएको छ । गीतको रचनाकार जगमोहन साह रहेका छन् ।
‘बडा ब्यूटिफुल’ गीत रिलिजकै अवसरमा सफलताको शुभकामना दिँदै नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले मधेश आन्दोलनसँगै मैथिली गीतसँगीत व्यापक रुपमा अघि बढिरहेकोले यहाँको संस्कृति जोगाउँन यसले सकारात्मक र सफल रहने बताए ।
पत्रकार सम्मलेनमा प्रत्येक महि नागायक रकको गीति भिडियो सार्वजनिक गर्दै जाने आयोजक पक्षले बताए । ‘बडा ब्यूटिफुल’ आधा दर्जन गीति भिडियो समावेश गरिएको छ । आज एउटा गीतको मात्र सार्वजनिक गरिएको छ ।