वाह ! प्रहरी सेवा त यस्तो पो


न्युज अफ नेपाल, काठमाडौँ ।

माघ २ गते बिहान करिब ९ बजे ललितपुर टिकाथली बस्ने खेम थपलिया श्रीमतीसहित सालिनदीमा दर्शन गर्न आएका थिए । उनले आफ्नो आइफोन एट पलस फोन भुइँमा राखेर दर्शन गरेर फर्केर अर्को ठाँउमा गै फोटो लिन खोज्दा जब फोन हुदैँन उनी असिना पसिना हुन्छ्न। कारण फोन हराएको थियो । आफ्नी छोरीलाई १२ कक्षा पास गरेपछि दिने बाचा गरेको उक्त फोन करिब एक लाख जतिको हो। उनले नजिकै साखु प्रभागका निरीक्षक गोविन्द पन्थीलाई भेट्छ्न र सब कहानी सुनाउदै सहयोग माग्दछ्न।

अनुसन्धानमा खप्पिस र जनताको सधै सहयोगी रहदै आएका पन्थीले तत्काल उनलाई सीसीटीभी कन्ट्रोल रुम मा लैजान्छ्न र सीसीटीभी फुटेज हेर्छन र फोन लग्ने ब्यक्ति एक त्यही घुमिरहने भएको आसन्का हुँदा साथ तुरुन्त निजलार्इ खोज्न सालिनदीमा खटिएका साधा पोसाकका प्रहरीलाई निर्देशन दिन्छन् । प्रहरीलाई निर्देशन दिएको १० मिनेट मै मोबाइल लैजाने ब्यक्ति साखु घर भएका टिकालाल श्रेष्ठ निरीक्षक सामु पेश हुन्छन ।

उनले अनुसन्धानात्मक तरिकाले फोन ल्याउनु नभए कारबाही गरिने कडाभाषा के प्रयोग गरेका थिए उनले करिब आधा किलोमीटर पर खेतमा लगेर राखेको भन्दै देखाउन बाध्य भए। यसरी हराएको आधा घन्टा मै आफ्नो महङो मोबाइल सेट त्यो पनि छोरीलाई दिने गरि ल्याएको पाउँदा उनी हर्ष को त सिमा रहेन नै साखु प्रहरीको सेवा दिने तरिकाको चुस्त दुरुस्तता देख्दा वाह प्रहरी सेवा१ धन्यवाद प्रहरी निरीक्षक गोविन्द पन्थी र सम्पुर्ण प्रहरी टीमलाई भन्दै निरीक्षक पन्थीबाट स्पोर्ट मै कुनै ढिला सुस्ती र झन्झट बेगर नै फोन प्रदान गरेकोमा आभार समेत प्रकट गरे।