विविध कार्यक्रमसहित मनाइयो रसुवामा २२ औं भूकम्प सुरक्षा दिवस


सरस्वती न्यौपाने, रसुवा ।
‘भूकम्पबाट सुरक्षित पूर्वाधार र दिगो सुख र समृद्धिको आधार‘ भन्ने मुल नाराको साथ विहीबार धुन्चेमा २२ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति रसुवाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको सहयोगमा पुरानो धुन्चे स्वागतद्धारबाट र्यालीसहित परिक्रमा गरि कार्यक्रम स्थलमा विपद खोज तथा उद्धारमा प्रयोग हुने सामाग्री प्रर्दशन गरी विपदमा सहयोग गरेका संघ संस्था कर्मचारी कार्यालय हाइड्रोपावरलगाएत सञ्चारकर्मीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् संघिय सांसद मोहन आर्चाय, जि.स.स. प्रमुख कुल प्रसाद भट्ट, विपद व्यवस्थापन समिति एवम प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, कालिजंग गणका प्रमुख सेनानी (गणपति) सर्वेन्द्र नगरकोटि, शसस्त्र प्रहरी प्रमुख ,नेपाल प्रहरीका प्रमुख, जिल्लाको पाँचै वटा गाउँपालिकाको प्रमुख, संघ—संस्थाका प्रतिनिधि, नेपाल चेम्बर अफ कर्मसलगाएत आमा समुह, नागरिक समाजलगाएत समपुर्ण सरोकारवालाहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।