पाँच दिनको बोल बाराबारपछि ओली प्रचण्डबिच भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

सभामुख चयनका विषयमा कुरा नमिलेपछि गत आइतबारदेखि दुई अध्यक्षबिच संवाद र भेटघाट बन्द भएको थियो ।

आजको भेटवार्तामा सभामुख चयनका विषयमा कुरा हुने जनाइएको छ ।