न्युज अफ नेपाल, काठमाडाैँ ।
आफूमाथि दुर्व्यवहार भएको बताउदै गायीका आस्था राउतले प्रहरीलाई नैतिक शिक्षाको कमि नरहोस् भन्दै सुझाव दिएकी छन् ।
झापाको भद्रपुर विमानस्थलमा महिला प्रहरीले चेकिङका क्रममा तँ शब्द प्रयोग गर्दै आफूमाथि दुव्र्यवहार गरेको गायिका राउतले बताएकी थिइन् ।
विमानस्थलबाट बाहिरीए लगत्तै राउतले प्रहरीको व्यवहारप्रति आक्रोश पोख्दै फेसबुकमा लाइभ आएकी थिइन् । उनको उक्त भिडियो क्षणभरमै सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो भाइरल भएसँगै उनले भिडियो डिलिट गरी आवेगमा केही नराम्रो बोलेकोमा माफी मागेकी छन् ।
फेसबुकमा उनले लेखेकी छन्, ‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो ।’
प्रतिक्रिया