शंकास्पद गतिविधि गरेको आरोपमा १२ महिलासहित ३२ जना पक्राउ


न्युज अफ नेपाल, झापा ।

झापाको माइबेनी मेलाबाट शंकास्पद गतिविधि गरेको आरोपमा १२ महिलासहित ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश भारतीय नागरिक रहेको खुलेको छ। प्रहरीका अनुसार मेला स्थलमा शंकास्पद गतिविधि गर्दै आइरहेका उनीहरूले मोबाइल, पर्स, गरगहनालगायतका सरसामान लुट्ने तथा चोर्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
माघे संक्रान्तिको अवसरमा कनकाई नगरपालिकास्थित कनकाई (माई) नदी किनारमा लागेको माइबेनी मेलाबाट बुधबार उनीहरूलाई पक्राउ गरिएको हो। कनकाई पुल पूर्वपट्टीको सुरुङ्गाबाट ९ र पश्चिम पट्टीको झिलझिलेबाट २३ जना पक्राउ परेका हुन्।

शंकास्पद गतिविधिको आरोपमा पक्राउ पर्ने अधिकांश भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । मेलास्थलमा जडान गरिएको सिसी क्यामेराको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिईएको हो । प्रविधियुक्त सुरक्षा योजनाका कारण उनीहरूले मेला स्थलमा लुट्न तथा चोर्न नपाएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ।