मेला हेर्न आएका युवक मृत फेला


न्युज अफ नेपाल, डडेल्धुरा ।

डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउ संगमटोलस्थित बुधबार एक युवक मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका–१० कञ्चनपुरका २८ वर्षीय दीपक गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

परशुराम मेला हेर्न आएका उनी गएराति २ चोटी बेहोस भएका र सामान्य अवस्थामा फर्केपछि स्थानीय अम्मर नाथको घरमा सुताइएको र बिहान ब्युझाउन जाँदा मृत अवस्थामा फेला परेका थिए। मृतक व्यक्ति उच्च रक्तचापको औषधिसेवनकर्तासमेत रहेको परिवार स्रोतले जनाएको छ। मृतकको शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ।