भारतीय रक्षामन्त्री सिंहसँग पौडेलकाे भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । उपचारका लागी भारत पुगेका पौडेलले बुधबार नयाँदिल्लीमा सिंहसँग भेट गरेका हुन् ।

उक्त भेटमा आफूहरूबीच नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले जनाएका छन् । भाजपाका पूर्वअध्यक्ष समेत रहेका सिंहसँग पौडेलले राजनीतिक भेटघाट गरेका हुन् ।

रक्तचाप परीक्षणका लागी पौडेल भारत पुगको जनाइएको छ ।