सुन प्रतितोला ७ सयले बढ्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

सुनको मूल्यमा आज प्रतितोला रु ७०० ले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ७४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ७४ हजार ७०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, मंगलबार प्रतितोला ७३ हजार ७०० मा कारोबार भएको तेजाबी सन बुधबार ७४ हजार ४०० मा कारोबार भइरहेको छ ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला पाँच रुपैँयाले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु ८८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।