आफ्ना दुई छोरालाई विष खुवाएर हत्या गर्ने आमालाई जन्मकैद


काठमाडौं । आफ्ना दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको कसुरमा महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएकोे छ ।

विसं २०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिड घोलेर खुवाएपछि उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सात वर्षीय जेठो छोरा आयुष नेपाली बाटोमा र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको उपचारको क्रममा ज्यान गएको थियो ।

कल्पनाले आफ्नो श्रीमान् गाउँबाट बिहानै रक्सी खाएर आएको विषयमा सामान्य विवाद भएको झोकमा तीन वटै छोरालाई भुटेको भातमा मेटासिड घोलेर खुवाए पनि ५ वर्षीय माइलो छोरा अमृतले भने नराम्रो गन्ध आएको भन्दै खाने कुरा छोडेका थिए ।