नेपाल समाचारपत्र, काठमाडौं।
बंगलादेश भ्रमणमा रहनुभएका प्रधान सेनापति पूर्णचन्द्र थापाले त्यहाँका राष्ट्रपति मोहमद अब्दुल हमिदसँग भेट गर्नुभएको छ।
बंगलादेश सेनाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बंगलादेश भ्रमणमा रहनुभएका प्रधानसेनापति थापाको सम्मानमा बंगलादेशस्थित नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी हुनुभएको थियो।
भ्रमणको सिलसिलामा प्रधानसेनापति थापाले वीर सैनिक स्मारकमा माल्यार्पण गर्नुका साथै उहाँको स्वागतमा सेनाकञ्जमा सम्मान गारतको आयोजना गरिएको थियो।
यसैगरी उहाँले बंगलादेशको आम्र्ड फोर्स डिभिजनको भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्नुभएको थियो।











प्रतिक्रिया