हात्तीको आक्रमणबाट मृत्यु


न्युज अफ नेपाल, हेटौंडा ।

पश्चिम मकवानपुरको मनहरीमा हात्तीको आक्रमणबाट एक बृद्धको ज्यान गएको छ । सोमबार विहान करिब १०ः३० बजे मनहरी गापा वडा नम्बर–३, मेलडाँडा बस्ने वर्ष ८० की मैया थापाको ज्यान गएको हो ।

घाँस काट्न घरबाट करिब ३ किमी पश्चिमतर्फ रहेको पर्सा बन्यजन्तु आरक्ष जंगलमा गएकी उनलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा शव जाँच मुचुल्कालगायत कार्य भएको प्रहरीले जनाएको छ ।