प्रधानसेनापति थापाद्वारा बंगलादेशका सैनिक युनिटको भ्रमण र भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणामा आइतबार बंगलादेश प्रस्थान गर्नुभएका प्रधानसेनापति पूर्णचन्द्र थापा आज शिखा अर्निरबानस्थित वीर सैनिक स्मारकमा माल्यार्पण गर्न पुग्नुभएको छ ।

उहाँकाे स्वागतमा सेनाकुञ्जमा सम्मान गारतको आयोजना गरिएको थियो । यसैगरि उहाँले बंगलादेशको आर्म फोर्स डिभिजनमा भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट गर्नुभएको थियो ।

आइतबार बंगलादेशको बङ्गाभवनमा प्रस्थान गर्नुभएका थापाले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । तत्पश्चात उहाँ नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।

चार दिने औपचारिक भ्रमणमा जानुभएका थापा माघ १ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।