बनेपामा प्रहरीले बढायो सक्रियता, चोरी र मदिरा न्यूनिकरण अभियान सुरु

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

ईलाका प्रहरी कार्यालय बनेपाले सक्रियता बढाएको छ । चोरी, मदिरा लागु औषध नियन्त्रण र न्यूनिकरणका लागि अभियान सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बनेपाले चोरीको बाईक नियन्त्रणमा लिएको छ । प्रदेश नम्बर ३–०२–००६ प ९१३७ नम्बरको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी वा ९८ प ५७८ राखी नक्कली बिलबुक बनाई ३ लाख ५० हजारमा किन बेच भईसकेको अबस्थाको मोटरसाईकल प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको प्रहरी निरिक्षक तिमल्सिनाले बताउनु भयो ।

त्यसै गरी प्रहरीको सक्रियतामा बनेपा नगरपालिका ७ गोदाममा चोकबाट बा ५ ख ७२०९ नम्बरको निशान गाडीमा खाद्यान्न सामान लोड गरी राखेको अबस्थामा चोरी गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । चोरी गर्ने ब्यक्तिहरु महाभारत गाउँपालिकाका बर्ष २० का कान्छा तामाङ, महाभारत ७ का विवेक लामा र महाभारत ३ का राजकुमार तामाङलाई पक्राउ गरेको तिमल्सिनाले बताउनु भयो । चोरी गरिएको सामान ९० हजार बराबरको रहेको प्रहरीले बताएको छ । प्रहरीको सक्रियतामा नगरमा विग्री रहेका सिसिटिभी बनाउन पहल थालेको तिमल्सिनाले बताउनु भयो । सिसिटिभी मर्मत र सुचारु भए पछि चोरी अपराधका घटनामा न्युनिकरण हुने समेत तिमल्सिनाले बताउनु भयो ।

प्रहरीले एक हजार पाँच सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक योगेन्द्रनाथ तिमल्सिनाको नेतृत्वमा गएको टोलीले बनेपा नगरपालिका वडा नंम्बर ७ र ८ को बसपार्क र वडा नम्वर ९ को आजाद माध्यमिक विद्यालय वरीपरीबाट बरामद गरिएको तिमल्सिनाले बताउनु भयो । प्रहरी निरिक्षक तिमल्सिनाले मदिराका कारण हुने घरेलु हिंसा न्युनिकरण गर्ने अभियानका रुपमा सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त अभियान नै चलाईएको तिमल्सिनाले बताउनु भयो । मदिरा नष्ट गर्न बनेपा नगरपालिका वडा नम्बर ९ का शेरबहादुर सुवाल, वडा नम्वर १० का चन्द्रबहादुर खड्का, समाजसेवी, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

त्यसै गरी बनेपा नगरपालिका १३ साँगाबाट सुर्यविनायक ८ वर्ष ३० का शुसिल नम्र्थु लाई लागू औषध सहित नियन्त्रणमा लिएको छ । सिरिन्ज लगायत ठुलो परिणाममा लागु औषध नियन्त्रण लिएको प्रहरीले वताएको छ ।