माघे संक्रान्तिका दिन सार्वजनिक बिदा


न्युज अफ नेपाल, धनगडी ।

सुदूरपश्चिम प्रदेशले माघ १ गते माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीद्वारा हस्ताक्षरित सूचनामा प्रदेश मन्त्रिपरिषद्को साउन ८ गतेको निर्णयअनुसार माघे संक्रान्तिको बिदा दिइएको उल्लेख छ।