कारागार भित्र साक्षर कक्षा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

जिल्ला कारागार कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा साक्षरता कक्षा शुरु भएको छ । कक्षा संचालनका लागि प्रारम्भिक बाल विकास केन्द्र काठमाडौले सहयोग गरेको छ ।

२ सय ४२ जना कैदी बन्दी रहेको कारागार कार्यालयमा ३४ जना पूर्ण निरक्षर छन् । कारागार कार्यालय काभ्रेका प्रमुख जेलर जेवी राईका अनुसार माघ १ गते देखि कक्षा संचालन हुनेछ । स्वयंसेवकका रुपमा जेल भित्रैबाट दुई जनाले तीन महिना कक्षा संचालन गर्नेछन् । साक्षर काभ्रे घोषणाका लागि जेल भित्र रहेका कैदी बन्दीहरुलाई साक्षर बनाउन कक्षा संचालन गरिएको हो । केहि स्थानीय तह पनि अझै साक्षर घोषणा भएका छन् । १५ वर्ष देखि ६० वर्ष उमेर समुहका ब्यक्तिहरुलाई साक्षर बनाउँदै जिल्लालाई साक्षर घोषणा बनाउने अभियान स्वरुप जहाँ जहाँ त्यस्ता निरक्षर ब्यक्तिहरु छन् सबैलाई साक्षर बनाउने अभियान शुरु गरिएको छ ।

जेलर राईका अनुसार प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक पुस्पा बस्नेतले ३४ जनाका लागि आवश्यक पर्ने नेपाल सरकारको मान्यता प्राप्त तह १ का पाठ्यपुस्तक, साक्षर कक्षा संचालन गर्न आवश्यक पर्ने अन्य शैक्षिक सामाग्री, पोशाक सहित उपलब्ध गराउनु भएको छ । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जेलर जेबी राई लगायतको सहभागिता रहेको थियो ।