मासु व्यवसायी संघद्वारा पशु हाटबजार स्थापना गर्ने निर्णय

0
Shares

यमलाल भुसाल, बुटवल ।

मासु व्यवसायी संघ नेपाल रुपन्देहीले ८ बुदे कार्ययोजना बनाउदै कार्यशाला गोष्ठी एवं प्रथम बोर्ड बैठक सम्पन्न गरेको छ । गत पुस २१ गते सम्पन्न १० औं साधारण सभा तथा पाँचौ अधिबेशनबाट निर्वाचित कार्यसमितिको कार्यशाला गोष्ठी एवं प्रथम बोर्ड बैठकले ८ बुदे कार्ययोजना निर्माण गर्दै सम्पन्न भएको हो ।

अर्घाखाँचीको नरपानीमा २ दिन सम्म चलेको कार्ययोजना कार्यशाला कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । प्रथम बैठकबाट बनेका कार्ययोजनाहरु आफ्नो कार्यकाल सम्म पुरा गर्ने गरी ८ वटा निर्णय गरेको अध्यक्ष पौडेलले जानाकारी दिनुभयो ।

कार्ययोजना अन्तर्गत संघको आफ्नै भवन अहिले सम्म नभएको र त्यसका लागि जग्गाको खोजी गर्ने, रामनगरमा निर्माणधिन पशुबधशाला सचालनका लागि अग्रसर भएर लाग्ने बैठकले निर्णय गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

त्यस्तै पशुहरुको सहज विक्रि वितरणका लागि पशु हाटबजार सञ्चालनको पहल पनि आफ्नो कार्यकालमा गर्ने गरी कार्ययोजना बनाएको उहाँको भनाई छ । संघले विगतमा जस्तै आउने बर्ष बुटवलमा सस्तो दशै बजार सञ्चालन गर्ने, मासु व्यवसायीहरु लाइ थप एकता र सक्रिय बनाउने गरी देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र कंञ्चन गाउँपालिकामा मासु व्यवसायी संघको शाखा विस्तार गर्ने कार्यशालाले निर्णय गरेको छ । व्यवसायीको क्षमता अभिबृद्धि, मासु बजारको व्यवस्थापनमा विभिन्न उपसमिति निर्माण, सहकारी गठन गर्ने कार्यशालाले निर्णय गरेको छ ।

कार्यशाला गोष्ठीमा संघका संस्थापक उपाध्यक्ष कुलध्वज लामा, संस्थापक सचिव दिपक आचार्य, हेफर इन्टरनेश्नल नेपालका वजार विकास प्रवन्धक अनन्त सिलवाल लगाएतको उपस्थिती रहेको थियो ।