बुटवल प्रहरीद्वारा ६ महिनामा ७२ जना चोर पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।

चोरी विरुद्ध विशेष अभियान संचालन गरेको बुटवलको प्रहरीले विगत ६ महिनाको अवधीमा ७२ जना चोर पक्राउ गरि मुद्दा चलाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनु भएका प्रहरी नायव उपरिक्षक भिमलाल भटृराईले आफुले यस क्षेत्रमा चोरी नियन्त्रण गर्न अभियान संचालन गरेको र ६ महिनाको अवधीमा ७२ जना विभिन्न प्रकृतिका चोर पक्राउ गरि कारवाहीका लागि मुद्दा दर्ता गरेको बताउनु भयो ।

त्यस्तै प्रहरीले विगत ४ महिनाको अवधीमा कार्यालयमा मोवाईल फोन हराएको भनी निवेदन दिएका १६ जनाको मोवाईल फेला पारी सम्बन्धीतहरुलाई बुझाई दिएको छ । प्रहरीमा परेको निवेदनका आधारमा खोजतलास गदै जादाँ विराटनगर, विरगंज ,तनहु,कपिलवस्तु ,बुटवल र सीमावती वोडर एरियावाट करिव ५ लाख मुल्य बरावरका १६ थान मोवाईल सेट फेलापारी मोवाईल धनीलाई हस्तान्त्ररण गरेको प्रनाउ भटृराईले बताउनु भयो ।

त्यस्तै यही पुस १६ गते बुटवल १२ तामनगर स्थित अर्घाखाची मनकामना मोवाईल पसलको ताला फोडी चोरी गरेका २ जनालाई पक्राउ गरी चोरी मुद्दामा अनुसंन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बुटवल३ का रमेश लम्साल, ६का शिव पोखरेल, ७ का सुस्मिता शाही,सपना सुवेदी, १० की प्रश्ना केसी, ११ का तुल बहादुर सेजवाल, आशा सुनार,शान्ति घर्ती, १३ का रमेश खत्री, सैनामैना २ की खगि कुमारी रेश्मी, तिलोत्तमा २ का खिम प्रसाद शर्मा ,७ का प्रविन कार्की, सुनवल ६ की माया पौडेल, देवदह ९ का सन्दीप शाही,र अर्घाखाँची मालारानी ३ का विशाल केसीको मोवाईल फेला पारी बुझाएको प्रनाउ भटृराईले बताउनु भयो ।