सिआइबी हुँ भन्दै ठगी गर्ने दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नक्कली प्रहरी बनी ठगी गर्दै हिडेका दूई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बाह्रदर्शी गाउँपालिका ३ स्थित राजगढ बजारमा व्यापारीलाई ठगी गर्ने गौरीगंञ्ज गाउँपालिका १ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका ३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले स्थानीय व्यापारी अरफाक आलमलाई एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको सिआइबी प्रहरी भएको भन्दै सात हजार रुपैयाँ असुली गरेका थिए । शंका लागेपछि स्थानीयले इलाका प्रहरी कर्यालय राजगढमा खबर गरेसँगै दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ ।