धमाधम छाउगोठ भत्काउँदै प्रहरी

0
Shares

दयाराम पण्डित, बाजुरा । 

बाजुराका बिभिरन्न सथानीय तहमा “छाउपडी कुपर्था” हटाउन गाउँ गाउँमा सचेतना अभियान सञ्चालन गरिरहेको बेला बडीमालिका नगरपालिका वडा नम्बर आठ रतुडा गाउँमा आईतवार दिउसो पांच ओटा छाउगोठ भत्काइएका छन् । बाजुराको बहुचर्चीत रतुडा देवताको मन्दीर आसपास निर्माण गरिएका सामुहिक छाउगोठ भत्काइएका हुन् ।

बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले उक्त छाउगोठ भत्काएको हो । गृह मन्त्रालयको निर्देशन अनुरसार : “ महिलाहरु अलगै छाउगोठमा बस्दा बलत्कार , महिला हिंसा, बाल मृत्युदर बढेको र रजश्वला भएकै कारण समाज बाट हेपिनु परेकोले छाउपडी मुक्त नेपाल घोषण गर्ने अभियान अन्तरगत बाजुरामा पनि छाउगोठहरु भत्काउन अभियान सञ्चालन गरेका छौं ”प्रहरी निरिक्षक दानवहादुर रोकायाले बताउनुभयो ।

सामुहिकरुपमा निर्माण गरिएका छाउगाठे स्थानीय जनप्रतिनीधिको रोहबरमा सम्झाईबुझाई गरी गोठ भत्काएको र अब घरकै कोठामा राख्ने सहमती स्थानीले गरेको प्रहरी निरिक्षक रोकायाले बताउनुभयो । रजश्वला भएको समयमा परिवारका सदस्य संगै बसेर लापर्बाही गरेमा देबी देउता रिसाउने भएकाले छाउगोठ बस्न बाध्य भएकोले अबदेखी घरमै बस्ने स्थानीयको सहमती पछी गाउँमा रहेका सबै छाउगोठ भत्तकाइएको बडीमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले बताउनुभयो ।

रतुडाका ५० परिवारले सामुहिकरूपमा बनाएका पाँच ओटा छाउगोठ नेपाल प्रहरी र स्थानीय तहका जनप्रतिनिधी पत्रकार र स्थानीयको सक्रियतामा भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । उक्त ठाउँमा रहेका दल बहादुर ऐडी, गोल चदारा प्रकाश ऐडी,लालबहादुर ऐडी र बिन्दा कठाएतको सामुहीक छाउपडी गोठहरू भत्काएको प्रहरी निरिक्षक रोकायाले जानकारी दिनुभयो । छाउगोठ मुक्त बाजुरा वनाउन यतिवेला प्रतयक गाउँमा प्रहरी पठाएर जनप्रतिनीधि तथा स्थानीयलाई सम्झाई छाउगोठ भत्काइएको वताइएको छ। प्रहरीका अनुरासार हाल सम्म २० बढी छाउगोठ भत्काइएका छन् ।

छाउपडी कुपर्था बिरद्ध जनचेतना फैलाउन बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपकबिक्रम शाहले सेनेटरी प्याड सावुन , स्यामपुर न्यानो कपडा सहित आवस्यक सुरक्षित सामान बोकेरआफै गाउँ गएर गतसाता जनचेताना फैलाउनु भएको थियो ।त्यसैगरी पहिले मान्छेका मन जित्ने त्यसपछि गोठ भत्काउने अभियान सञ्चालन गर्ने बडिमालिका नगरपालिका की उपप्रमुख कविता विष्टले बताउनुभयो ।

बडीमालिका नगरपालिका ८ मा धार्मीक स्थलहरु रतुडो बढी चर्चित भएकाले त्यंहाँका महिलाहरुले आज सम्म पनि छाउगोठमा बस्नु पर्ने बाध्यता छ । त्यसैले छाउगोठ भत्काउन नहुने बडिमालिका नगरपालिका ८ रतुडाकी महिला काली ऐडीको तर्क छ । यद्येपी देबी देउता मान्नु स्वभाविक भएपनि छाउगोठमा बस्नु गलत प्रथा भएको महसुस विन्दाले गरिन् । रतुडामा जनप्रकाश आधारभुत बिद्यालय छ । उक्त बिद्यायलयमा पढाउने शिक्षीका छाउ भएको पांच दिनसम्म बिद्यालय नजाने गरेको स्थानीयले बताए ।

मुलकी आचार संहिता ऐन २०७४ अनुसार सामाजिक भेदभाव गरे तिन महिना कैद र तिनहजारु रुपैंया सम्म जरिवाना गर्ने कानुनी ब्यबस्था छ । “महिनावारी हुनुभनेको नियमित प्रकृया हो , अभिषाप नभई बर्दान हो । ”