वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समझदारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

गृहसचिव प्रेमकुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जका निर्देशक प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीमकुमार भुसालबीच वैदेशिक रोजगारको नाममा हुनसक्ने पेसालाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझारीपत्रमा हस्ताक्षर भएको छ।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन तथा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनस्र्थापना गर्न नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल सरकार गृह मन्त्रालय र नेपाल प्रहरीबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।यस समझदारीबाट गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्नुपर्ने उल्लेख छ।