७५ थान मोबाइल बरामद

0
Shares

काठमाडौं, (नेस)।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाइल बरामद गरेको छ।
नागढुंगा चेक प्वाइन्टमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६ख १५३४ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सिटमुनि लुकाइ ल्याएको अवस्थामा एप्पल कम्पनीका माबाइल थान २, ओप्पो कम्पनीका विभिन्न मोडलका मोबाइल २२, भिभो कम्पनीका मोबाइल थान ३६, विभिन्न मोडलको मोबाइल थान १३, सामसुङ मोबाइल २ थान गरी जम्मा थान ७५, मोबाइल बिल भर्पाइ नभएको अवस्थामा बरामद गरेको प्रहरीले जानकारी दिएको छ।