काठमाडौं, (नेस)।
बौद्धस्थित जम्बुडाँडामा प्रहरीले गोली लागेर एक जना घाइते भएका छन। गुण्डागर्दीमा संलग्न विष्णु लामा प्रहरीको गोली लागि घाइते भएका हुन।
ज्यान मार्ने उद्योगका फरार लामालाई नियन्त्रणमा लिन खोज्दा भागेपछि गोली चलाइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो।
सिन्धुपाल्चोक घर भएका लामा जिल्ला प्रहरी सिन्धुपाल्चोकको पनि खोजी सूचीमा थिए। खुट्टामा गोली लागेर घाइते भएका लामाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया