काठमाडौं, (नेस)।
महानगरीय प्रहरी वृत्त गौशालाले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ।प्रहरीले काठमाडौं महानगरपालिका–९ गौशाला पिंगलास्थानबाट सोही ठाउँ बस्ने धनुषा गणेशमान सारनाथ नगरपालिका–७ का धर्मेन्द्र पासवान र सिरहा विष्णुपुर गाउँपालिका–६ का दिनेशकुमार झालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले बा१५च ७५३६ नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछौंैंडिको सिटमुनि लुकाइ राखेको अवस्थामा घरेलुरूपमा तयार गरिएको रिभल्वर पेस्तोल १ थान बरामद गरेको छ।











प्रतिक्रिया