काठमाडौं, (नेस)।
सरोकारवालाहरूले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका छन्। उनीहरूले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको बताए।
राष्ट्रिय जागर मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले अहिलेकै अवस्थामा एमसीसी संसद्बाट पारित गरे नेपाल खाडी मुलुकजस्तै युद्धभूमि बन्ने खतरा रहेको बताए।
कार्यक्रममा बोल्दै सत्तारुढ (नेकपा)का स्थायी समिति सदस्य लीलामणि पोखरेलले एमसीसी सैन्य रणनीति भएको बताउनुभयो। उहाँले इन्डो प्यासिफिक सैन्य रणनीति भएको बताउँदै एमसीसी पनि उसैको अंग भएको अमेरिकाले बताइसकेको बताउनुभयो। एमसीसी विद्युत विकास भन्दा पनि चीनले अगाडि सारेको बीआरआईलाई अवरोध गर्ने नियतका साथ ल्याइएको पोखरेलले बताउनुभयो।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य इन्द्रमोहन सिंदेलले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने बताउनुभयो। उहाँले चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले चीनविरुद्ध नेपालीभूमिलाई उपयोग गर्न अमेरिकाले एमसीसी अगाडि ल्याएको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो











प्रतिक्रिया