खुर्पा प्रहारबाट प्रहरी सहित ४ घाइते

0
Shares

भक्तपुर, (नेस)।

चाँगुनारायण नगरपालिका–५ लामाचौरबाट खुर्पा प्रहार गरी २ जनालाई घाइते बनाएको अभियोगमा जाजरकोट घर भएका रामबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।

विकले ओखलढुंगा चम्पादेवी गाउँपालिका–१० घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने भुनामाया थापा र राजमती ज्याकी बन्जारलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा उनलाई पक्राउ गरेको हो।

घाइते भएका दुवै जनालाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी पठाएकोमा भुनामाया थापालाई थप उपचारको लागि छौंैंउनी अस्पताल स्वयम्भू रिफर गरिएको छ।

विकलाई नियन्त्रणमा लिने क्रममा घाइते भएका २ जना प्रहरी कर्मचारीको भक्तपुर अस्पतालमा उपचार भइरहेको र विकले बा२झ १८५ नम्बरको सीआरभी गाडीमा समेत क्षति पु¥याभएको प्रहरीले जानकारी दिएको छ।