काठमाडौं, (नेस)।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आदर्श राष्ट्रिय एकताको मूलमन्त्र हो भन्ने मान्यता मन, वचन र कर्मले आत्मसात गर्नुपर्ने बताएको छ।पृथ्वीनारायण शाहलाई महापुरुष स्वीकार गर्दै राप्रपा (संयुक्त)ले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वकोरूपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्ने मागसमेत सरकारसँग गरेको छ।
‘गोरखा जस्तो सानो देशबाट आरम्भ भएको एकीकरणको अभियान सानो दुःखले सम्पन्न भएको होइन। पृथ्वीनारायण शाह नभएको भए हामी नेपाली भएर गर्वसाथ बाँच्न पाउने थिएनौं। यसकारण पृथ्वीनारायण शाहको योगदानलाई हामी सबैले कदर गर्नुपर्दछ।
सरकारले पनि राष्ट्र निर्माताको सम्मानमा कुनै कन्जुस्यार्इं गर्नु हुन्न,’ राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति समशेर जबराले २ सय ९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा आइतबार माल्यार्पण गरेपछि भन्नुभयो।
सोही अवसरमा सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै राप्रपा (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले भन्नुभयो– ‘राष्ट्रियता, राष्ट्रिय एकता र सुशासनका बारेमा पृथ्वीनारायण शाहका विचार र वाणीहरू आज झनै सान्दर्भिक बनेका छन्। घूस लिने र दिने दुवै अपराधी हुन् भन्ने मान्यता मात्र हामीले राष्ट्रिय जीवनमा अनुसरण गर्न सके अहिलेको लुटतन्त्र नियन्त्रण हुने थियो, नेपालमा विकास र समृद्धि प्राप्त हुने थियो।











प्रतिक्रिया