राप्ती समाजद्वारा जापानमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम

0
Shares

नेपाल समाचारपत्र, जापान।

राप्ती समाज जापानले नेपाल भ्रमण वर्ष २०२० लाई सफल र सशक्त बनाउन प्रवद्र्धनात्मक अभियानको थालनी गरेको छ।विभिन्न अध्ययन, पेसा र व्यवसायमा जापानमा रहेका राप्तीवासीले बढी भन्दा बढी जापानिजहरू नेपाल भित्रयाउने उद्देश्यका साथ जापानको मुख्य शहर टोक्यो, व्यस्त स्टेसन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट प्रर्दशन गरेका छन।

जापानमा विश्वभरका मान्छेहरू विभिन्न माध्यमबाट आउने जाने गर्ने र जापानमै बस्ने अन्य देशहरूका मान्छेहरूलाई पनि बुझ्न सजिलो होस् र सबैमा प्रचार गर्न सकियोस् भन्ने उद्देश्यका साथ नेपाली, जापानिज र अंग्रेजी भाषामा भिजिट नेपाल २०२० लेखेर छौंैंपिएको टिर्सट प्रर्दशनीमा ल्याइएको हो।

समाजले भर्खरै मात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियान्ता विशेश्वर रेग्मीको नेतृत्वमा टोक्योमा प्रत्येक वर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण वर्ष २०२० को बुथ नै राखेर प्रचारप्रसार गरिएको थियो।

कार्यक्रममा नेपाली मौलिक पोशाकहरू, नेपालका मनमोहक पर्यटन स्थलको श्रव्य दृश्य प्रदर्शन गर्नुका साथै पर्यटन वर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गराइएको थियो।पर्यटकीय स्थलको श्रव्य दृष्य सामग्री, टिर्सट र पोस्टरहरूले जापानिजहरूलाई ध्यानाकर्षण गरेको थियो भने कितपय जापानिजहरू आफ्नो चासो र भावी यात्राको तय गर्न पदाधिकारीहरूसँग आफ्ना कौतुहलता मेटाउन व्यस्त देखिएका थिए।

रेग्मीले भन्नुभयो– ‘विदेशमा रहेका हरेक नेपाली पर्यटन दूत हुन् र त्यसैले सबैले आ–आफ्नो ठाउँबाट यो अभियानको सफलताको लागि प्रयास गरेर जापानिज साथीहरूलाई नेपाल चिनाउन र भ्रमणको लागि उत्प्रेरित गर्न सके अझै राम्रो हुने छ।’

यदि एक जना नेपालीले एक जना जापानी साथी नेपाल पठाउन सके ९० हजार पर्यटक पठाउन सकिने रेग्मीको विश्वास छ। उहाँले भेटेजति जापानिज तथा विभिन्न देशका मान्छेहरूलाई नेपाल भ्रमणको लागि निम्तो पनि दिइएको जानकारी दिनुभयो।

गत वर्षदेखि नेपाल वायुसेवा निगमले पनि ओसाका काठमाडौं सिधा उडान शुरू गरेको र यसै वर्षदेखि नारितादेखि टोक्यो र काठमाडौं सिधा उडानको शुरुआत गर्ने घोषणा गरिसकेकोले नेपाल पर्यटनको जापानी बजारमा यसले राम्रो प्रभाव पार्ने आशा गरिएको छ।

विभिन्न देशहरूमा भ्रमण वर्षको प्रचारप्रसार भइरहँदा समाजले आफ्नो क्षेत्रबाट पहल अगाडि बढाएको र समाजका सबै पदाधिकारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत पर्यटनसम्बन्धी लेख रचना फोटाहरू राख्न पनि अनुरोध गरेको समाजका अध्यक्ष युवराज रेग्मीले बताउनुभयो।

बीस लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्यसहित बहुप्रतिक्षित अभियान नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ नेपालमा जनवरी १ तारिख र विदेशस्थित नियोगहरूमा जनवरी ७ तारिखबाट गरिएको छ। विभिन्न देशमा छरिएका गैरआवासीय नेपालीहरू पनि आ–आफ्नो ठाउँबाट स्वस्फूर्त प्रचारप्रसारमा सक्रिय हुन थालेका छन्।