बैठक फेरि स्थगित

0
Shares

काठमाडौं, (नेस)।

नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक तेस्रोपटक स्थगित भएको छ। नेकपाले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्न दिएको आग्रह अस्वीकार गरेसँगै आइतबारका लागि बोलाइएको संसद् बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ।

यसअघि पुस ४ गते बसेको बैठक त्यसयता पटक–पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ। पुस ११, पुस १६ हुँदै पुस २७ राखिएको बैठक बस्दै नबसी फेरि माघ ६ गतेसम्मका लागि स्थगित गरिएको हो।

यसअघि सभामुख चयन गर्ने कार्यतालिका रहे पनि नेकपामा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन।