महरा प्रकरण : पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टर झिकाउन आदेश

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई यौन हिंसाको आरोप लगाउने महिलाकोे स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ।

उक्त अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले आइतबार यस्तो आदेश दिएको हो।जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार इजलासले प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका कर्मचारी र घटनाको घटना विवरण कागज गर्नेहरूलाई समेत झिकाउन आदेश दिएको छ।