प्रजिअहरू सरुवा

0
Shares

काठमाडौं, (नेस)।

गृह मन्त्रालयले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ।सरुवाअनुसार कपिलवस्तुमा दीर्घनारायण पौडेल, रौतहटमा वासुदेव घिमिरे र सोलुखुम्बुमा रमा आचार्यलाई प्रजिअका रूपमा पठाइएको छ।

पौडेल अध्यागमन कार्यालय, घिमिरे कारागार व्यवस्थापन विभाग र आचार्य गृह मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो। कपिलवस्तुका प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक, रौतहटका कामु प्रमुख जिल्ला अधिकारी किरण थापाको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सोलुखुम्बुका वेदनिधि खनाललाई सहायक प्रजिअका रूपमा रूपन्देहीमा सरुवा गरिएको हो।