सिन्धुली, (नेस)।
सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ।
सिन्धुलीगढीमा आइतबार आयोजित एक विशेष समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सालिकको अनावरण गर्नुभएको हो।
कमलामाई नगरपालिकाले निर्माण गरेको पूर्णकदको सो सालिक ५ फिट ११ इन्च उचाइको छ। सालिकको अनावरण गर्दै मन्त्री भट्टराईले ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्माण गरिएको सालिकले सिङ्गो नेपाली जनताको स्वाभिमानलाई विश्वसामु उभ्याएको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘हाम्रो स्वाभिमान पृथ्वीनारायणसँगै यो सिन्धुलीगढीमा उभिएको छ। सिन्धुलीगढीमा ठिंग उभिएको शाहको सालिकले नेपाली जनताको स्वाभिमानलाई उभ्याएको छ।’
सिन्धुलीगढीको विकास र संरक्षणमा कमलामाई नगरपालिकाले चालेको कदमको प्रंशसा गर्दै सिन्धुलीगढी दरबार, किल्ला, गढीको पुनर्निर्माण गर्ने काममा सहयोग गर्ने उहाँले बताउनुभयो।











प्रतिक्रिया