महतोका हत्यारालाई कडा कारबाही माग

0
Shares

काठमाडौं, (नेस)।

बालुवा उत्खननका विरुद्ध आवाज उठाउने धनुषाको मिथिला नगरपालिका–५ श्रीनगरका २४ वर्षीय दिलीप महतोको हत्यामा संलग्न अपराधीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्।

राष्ट्रिय सभाका सांसदहरूले नदीको अवैध उत्खनन रोक्ने क्रममा हत्या गरिएका महतोका हत्यारालाई कारबाही गरेर मात्रै नपुग्ने बताएका हुन्।

आइतबारको बैठकमा दोषीलाई सजाय दिएर मात्रै पुग्ने बताउँदै सांसद विमला राई पौडेलले अब कहिल्यै यस्तो घटना हुनुहुँदैन भन्ने सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो।

सांसद वृषेशचन्द्र लालले चोरी उत्खननको विरोधमा पहरेदारी गर्ने युवाको लाश बिनामुचुल्का त्यहाँबाट हटाउनु शंकास्पद रहेको बताउँदै घट्नाको प्रकृति अध्ययनै नगरी लाश उठाउनुले गलत भएको बताउनुभयो।

सांसद कोमल वलीले महतोका हत्यारा मात्रै होइन त्यस्तो मानसिकता बोक्ने सबै अपराधी त्रसित हुनुपर्ने वातावरण बनाउन कदम चाल्नुपर्ने माग गर्नुभयो।सांसद प्रमिला कुमारीले महतोका हत्यारामाथि कडाभन्दा कडा सजाय हुनुपर्ने माग गर्नुभयो।