आचारसंहिता लागू

0
Shares

काठमाडौं, (नेस)।

राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । यही माघ ९ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, सेना, प्रहरी, कर्मचारी, राजनीतिक दल, उम्मेदवार र पर्यवेक्षकलगायतलाई आचारसंहिता लागू भएको आयोगले जनाएको छ।

आयोगका अनुसार सरकार र मन्त्री, प्रदेश सरकार, स्थानीय तह, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी, निर्वाचनमा संलग्न कर्मचारी, सरकारी तथा निजी सञ्चारमाध्यम, गैरसरकारी संस्था, सरकारी अनुदानमा सञ्चालित विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई पनि आचारसंहिता लागू हुन्छ।

आचारसंहिता लागू भएपछि सरकार र सरकारका प्रतिनिधि चुनाव प्रचारमा सहभागी हुन पाउने छैनन्।