भारतीय नम्बरको टेम्पु संचालन रोक्न नमानेको भन्दै जिल्ला अधिकारीमाथि मुद्दा


सञ्जय कार्की, रौतहट ।

उच्च अदालत बीरगंजको आदेश कार्यान्वयन नगरेको भन्दै प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायमाथि अपहेलनाको मुद्दा दर्ता भएको छ । गत मंसिर ३ गते नै रौतहटको सदरमुकाम गौरदेखि भारतीय बजारको बैरगनीय संचालन हुने भारतीय नम्बरको टेम्पु संचालनमा उच्च अदालत बीरगजले रोक लगाउने आदेश कार्यान्वयन नगरेको भन्दै बीरगंज महानगरपालिका–१६ स्थित लक्ष्मी मोटर्स प्रालिका प्रोपराइटर अरुण कुशबाहाले पुनः अदालतमा अपहेलनाको मुद्धा दर्ता गराएका छन ।

उनले प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख, गौर भन्सार प्रमुख, जिल्ला ट्राफिक प्रहरी प्रमुख, गौर नगरपालीका प्रमुखलगायतलाई बिपक्षी बनाई मुध्दा दिएका हुन । भन्सार राजश्व रकमसमेत नतिरिकन एक दशकदेखि सदरमुकाम गौरमा संचालनमा रहेको भारतीय नम्बर प्लेटका तिनपाग्रे टेम्पोलाई उच्च अदालत बिरंगजले रोक लगाएको हो ।

गत मसिंर ३ गते उच्च अदालत बीरगजका न्यायधिश सत्यमोहन जोशी थारु र बीरबहादुर डांगीको संयुक्त इजलासले बिदेशी भारतीय नम्बरप्लेटका टेम्पोहरुलाई नेपालमा सरह संचालन गर्न र राती पार्किङ गर्न नदिनु भनी अन्तरिम आदेश जारी गरेको थियो । तर आदेश पालना गर्न प्रशासनले प्रक्रिया अघि नबढाएको भन्दै पुन अबहेलनाको मुध्दा दर्ता भएको हो ।

अवहेलनाको मुद्धामा भनिएको छ- ‘उच्च अदालतको परमादेश जारी हुँदासमेत सम्बन्धित निकायले आदेशको पालना गर्नुको बदला मौन रहेको कारण नेपालको संविधानको धारा १३९ को उपधारा २ तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा २÷४ बमोजिम अदालतको अवहेलना कसुरमा बिपक्षिहरुलाई हदैसम्मको दण्डसजाय गराई पाउ ।’

भारतीय टेम्पुको एकाधिपत्यका कारण नेपाली टेम्पु ब्यबसायी मर्कामा पर्दै आएको अबस्थामा उच्च अदालतको आदेशले राहतको अनुभुति होला जस्तो भएपनि त्यो कार्यान्वय नहुँदा भने निराश हुनुपर्ने स्थिती आएको नेपाली टेम्पो संचालक नारायणप्रसाद तिमल्सिनाले बताउनु भयो । भारतीय सबारी साधनलाई भाडामा प्रयोग गर्न नपाईने नीयम बिपरित ब्यबसायिकरुपमा लामो समय देखि संचालन गरिदैं आएको थियो ।