सीमा पिलरहरुको जीपीएस सिस्टमबाट निरिक्षण गर्न सर्वे


किरन धामी, दार्चुला ।

नेपालको दार्चुला जिल्लासंग सीमा जोडिएका भारतका सीमाहरुमा राखिएका सीमा स्तम्भहरुको (जीपीएस) सिष्टमबाट निरिक्षण गर्न स्थलरुप नापी तथा भु‐उपयोग व्यवस्थापन महाशाखा नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर ४ धनगढी कैलालीले सर्वे गरेको छ ।

नम्बर ४ धनगढी कैलालीबाट पौष १९ गते नापी अधिकृत जनक बहादुर भण्डारीको टोली सीमा स्तम्भहरुलाई जीपीएस सिष्टमबाट निरिक्षण गर्ने योजना अन्र्तगत सर्वे गर्न दार्चुला पुगेको थियो । टोलीले दुहुँ गाउँपालिकामा रहेको कैचुला बेस क्याम्प पुगेर ७२ घण्टा सर्वे गरिएको सर्वे टोलीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले जानकारी दिनुभयो । सीमा स्तम्भहरु जीपीएसबाट निरिक्षण गर्न १० वटा प्वइन्टहरु राखिएको उहाँले बताउनुभयो ।

‘सीमा स्तम्भहरु ठिक अवस्थामा भए नभएको बारे जीपीएस सिष्टमबाटै निरिक्षण गर्न सर्वे गरिएको हो नापी अधिकृत भण्डारीले भन्नुभयो ।’ नेपाल‐भारत बाओण्डीरी ओरकर ग्रुपको बैठकले पारित गरेको काम मध्येको एक काम सर्वे गर्ने थियो, त्यसै अनुसार सर्वे गरिएको उहाले बताउनुभयो । ग्रुपको बैठकले दार्चुला संग जोडिएका भारत संगको सिमामा २ सय ६ वटा पिलरहरु राख्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो ।

सिमाहरुमा ५७ वटा प्रमुख तथा १ सय ४९ वटा सहायक पिलरहरु गाड्ने निर्णय भएको तथा कार्यान्वयनको चरणमा रहेको उहाले बताउनुभयो । सिमा स्तम्भहरुको जिपिएस सिष्टमबाट निरिक्षण गर्न पहिलो पटक सर्वे गरिएको उहाले बताउनुभयो ।