लिफ्ट मार्फत पुग्यो खानेपानी


मनिषा केसी, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ र त्रिवेणी गाउँपालिका वडा नम्बर ९ को सीमाना स्थित नुवाकोटडाँडामा लिफ्ट मार्फत खानेपानी पुगेको छ । लरहे कालाखोला घोर्लेबोट नुवाकोटडाँडा लिफ्ट खानेपानी आयोजनाको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्नुभएको छ ।
सौर्य प्रणाली मार्फत लिफ्टबाट खानेपानी गाउँमा पुयाइएको हो ।

खानेपानी आयोजना निर्माण भएसंगै वडाका करिव एकसय ५६ घरधुरी लाभान्वित भएका छन् । बिशेष गरी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ९ र चौरजहारी नगरपालिका १४ का स्थानीयले खानेपानी पिउन पाउने छन् । करिब ७ सय २० मिटर तलको मुहानबाट गाउँमा पानी ल्याइएको छ । लिफ्ट मार्फत गाउँमा पुर्याइएको पानी बितरणको लागि २०/२० हजार लिटर क्षमताका २ ओटा ट्याङकी निर्माण गरिएको निर्माण उपभोक्ता समितिका सचिव सन्तोस ओलीले जानकारी दिनुभयो । करिव ४ किलो मिटर पाईपमा आयोजनाको पानी वितरण गरिएको छ । नुवाकोटडाडा, नाउली, खड्कागाउँ, नालेचौर लगायत ठाउँमा पानी बितरण गरिएको छ । पहिले बिहान मात्र पानी बितरण गरिने भए पनि प्रयाप्त मात्रामा बिद्युत पुगेसगै २४ सै घण्टा पानी बितरण गरिने सचिव ओलीको भनाई छ ।

लिफ्ट मार्फत वडामा खानेपानी निर्माणको लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले १७ लाख ३२ हजार बराबरको ९ दशमलव ५ किलोवाटको सौर्य प्रणाली जडान गरिदिएको छ । साथै अन्य बिभिन्न निकायको करिव एक करोड ३१ लाख ७० हजार १ सय ६१ रुपयामा आयोजना निर्माण भएको हो । आयोजनाको उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलका साथै प्रदेशसभा सदस्य गोपाल शर्मा, चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्मा, त्रिबेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती लयातको आतिथ्यता रहेको थियो ।