सरकारले प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्यो–प्रवक्ता विश्वप्रकाश शर्मा


न्युज अफ जेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोजेको आरोप लगाएको छ । सभामुखको विषयमा पार्टी भित्र विवाद बढेसंगै आइतवार आव्हान गरएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्म स्थगित गरेपछि काग्रेसले यस्तो आरोप लगाएको हो ।

प्रतिनिधिसभा बैठक स्थगित भएको सुचना आउनासाथ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी पार्टी भित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जासपद भएको जनाउनु भएको छ ।

प्रमुख प्रतिपक्षदल नेपाली काग्रेसले यसलाई सरकार र सत्तारुढ दल नेकपाको संसदप्रतिको गै¥ह जिम्मेवार व्यवहारको रुपमा लिएको भन्दै प्रवक्ता शर्माले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई बनाउन नहुने बताउनु भएको छ ।

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्व हने भन्दै काग्रेसले तीन महिना देखि रित्त हुँदा पनि सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु आपत्तिजनक विषय भएको पनि काग्रेसले जनाएको छ ।

सत्तापक्षको कारण तीन महिनादेखि सदन अवरुद्ध भएको विषयप्रति विशेष चासो राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी पनि दिएको छ ।