काठमाडौं, (नेस)।
राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मीनराज कँडेल चयन हुनुभएको छ। शुक्रबार सम्पन्न महासंघमको २७औं साधारण सभाले कँडेलको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
महासंघको वरिष्ठ उपाध्यक्षमा ओमजेभी मल्ल र उपाध्याक्षमा रमेशकुमार पोखरेल चयन हुनुभएको छ।राष्ट्रिय सहकारी सघ, साना किसान बैक र साना किसाना सहकारीका प्रतिनिधि पदेन सदस्य रहने उक्त समितिमा चार सदस्यका लागी भने चुनाव भएको थियो।
जसमा प्रदेश नम्बर २ र ७ सँगै खुल्ला दुई महिला सदस्यको लागि चुनाव भएको छ। त्यस्तै धर्म देवाकोटाको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षक समिति पनि चयन गरेको छ।
प्रतिक्रिया