महिला कैदीको मृत्यु

0
Shares

वीरगन्ज, (नेस)।

वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेकी एक महिला कैदीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–९ निवासी सन्ध्या पौडेलको मृत्यु भएको वीरगन्ज कारागार प्रशासनले जनाएको छ।

एचआईभी एड्सबाट संक्रमित रहेकी पौडेलको बिहीबार मृत्यु भएको वीरगन्ज कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिनुभयो। पौडेल केही दिनअघि मात्रै अस्पतालमा भर्ना भई उपचार गराएर फर्किएकी थिइन्। पौडेल लागूऔषध मुद्दामा अदालतबाट ३ वर्ष जेल सजाय तोकिएपछि कैद भुक्तान गरिरहेकी थिइन्।