काठमाडौं, (नेस)।
बस्तीमा फेला परेको घाइते चितुवा उपचारका क्रममा मरेको छ। भक्तपुरको गुण्डुमा परेको वयस्क पोथी चितुवा सदर चिडियाखाना जावलाखेलमा मरेको हो।
बस्तीमा चितुवा फेला परेको खबर आएपछि शनिबार दिउँसो उद्धार गरिए पनि बचाउन नसकिएको चिडियाखानाका वरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्तीले बताउनुभयो।
‘लामो समयदेखि घाइते भएकाले होला चितुवा निकै कमजोर र अशक्त अवस्थामा भेटियो, वजन पनि १५/१६ केजी हाराहारीको मात्रै छ, चिडियाखाना ल्याएर उपचार शुरू गरेलगत्तै मर्यो।’ –उहाँले भन्नुभयो।
भक्तपुरको सूर्य विनायक नगरपालिका–७ गुण्डुमा चितुवा फेला परेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए। मृत्त चितुवाको आज आइतबार पोस्ट मार्टम गरिने सदरचिडियाखानाले जनाएको छ।











प्रतिक्रिया