जीप पल्टिदा एकको मृत्यु, २ घाइते


न्युज अफ नेपाल, पोखरा ।

पोखरामा जीप पल्टिदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना सामान्य घाइते भएका छन ।

दुर्घटनामा स्याङजा आँधिखोला गाउँपालिका १ दरौं सिरुबारी घर भई पोखरा १४ चाउथे बस्ने १७ वर्षका लक्ष्मण भनिने मनबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा उपचार गर्दैगर्दा मृत्यु भएको हो।
पोखरा १३ आर्वास्थित थापाको चौतारा नजिकै काहुँखोलातर्फ आउँदै गरेको कुखुराको दाना बोक्ने ग २ च ९८५ नम्बरको जीप सनिबार अनियन्त्रित भएर पल्टिएको हो।